Welcome to the official site of Gurkha Cup UK. Annual Event Conducted by Tamu Dhee UK.
2

Gurkha Cup Winner 2016

गत आइतबार सम्पन्न १४ औं गोर्खा कपको नन भेट्रानतर्फ क्यूजिएस् सिग्नल्स् रातोले जितेको छ । क्वीन्स् एभिन्यू फुटबल मैदान, अल्डरसटमा आयोजित प्रतियोगिताको फाइनलमा बी १३ लाई १ को विरुद्ध २ गोल हानी क्यूजिएस् सिग्नल्स् रेडले पहिलो उपाधि जितेको हो । विजेता टिमलाई पहिलो नगद पुरस्कारका प्रायोजक एभरेष्ट मनी एण्ड हिमालयन ट्राभल्स अल्डरसटका संचालक मुछेत्र गुरुङ र कमल गुरुङले दुई हजार पाउण्डको चेक हस्तान्तरण गरेका थिए भने प्रमुख अतिथि एंव रसमुर बोरो काउन्सिलका मेयर ज्याकी भोस्पेरले मुख्य ट्रफी प्रदान गरेकी थिईन् । त्यसैगरी दोश्रो भएका बी १३ टिमलाई द गोर्खाज् एकता इन्टरनेश्नल ग्रुप हङ्गकङ्गका डाईरेक्टर त्रिलोक गुरुङका छोराले एकहजार पाउण्ड नगद पुस्कार र ट्रफी प्रदान गरेका थिए ।

३२ वटा नन् भेट्रान र १० भेट्रान टिमले भाग लिएको सो नाईन ए साईड फुटबल प्रतियोगिताको भेट्रानतर्फको खेलमा केन्ट एफसीले १ को विरुद्ध ४ गोल गरी इलाम एफसी हराएका थिए । भेट्रानतर्फको बिजेता टिमलाई पहिलो भेट्रान पुरस्कारका प्रायोजक खुशीमान गुरुङले एकहजार पाउण्डको चेक हस्तान्तरण गरेका थिए भने तमुधिं यूकेका अध्यक्ष सुर्जे (रामचन्द्र) गुरुङले ट्रफी तथा प्रमाणपत्र प्रदान गरे । त्यसैगरी दोस्रो भएका इलाम एफसीलाई क्रिस फुडका प्रोपाईटर कृष्ण तिमिल्सीनाले ७ सय पाउण्ड नगद पुरस्कार प्रदान गरे ।

युवा र प्रौढहरुको समेत बाक्लो उपस्थिति रहेको सो प्रतियोगितामा क्यूजिएस् सिग्नल्स् रेडका गमबहादुर गुरुङ म्यान अफ दि म्याच (नन भेट्रान) भए भने टप स्कोरर प्रदीप गुरुङ बनेका थिए ।  म्यान अफ दि म्याच खेलाडीलाई गोर्खा बुलिङ्ग एण्ड भल्टका निर्देशक प्रशान्त थापाले करीब ४ सय पाउण्ड मूल्य बराबरको सुनको उपहार प्रदान गरेका थिए । त्यसैगरी शिव गुरुङले पनि पुरस्कार प्रदान गरे ।

आयोजक तमुधिं यूकेले प्याराजम्प र सुपर भेट्रान खेल हुने पूर्व जानकारी गराईएता पनि सो प्याराजम्प र सुपर भेट्रान खेल भने विविध कारणवश हुन सकेन । करिब सात हजार दर्शकको अपेक्षा गरिएको गोर्खा कपमा सात हजार भन्दा बढीको उपस्थिति रहेको र मौसमले अत्यन्तै साथ दिएकोले पनि प्रतियोगिता पूर्ण रुपमा सफल भएको आयोजकको भनाई थियो ।

सन् २००३ देखि लगातार प्रत्येक बर्ष आयोजना गर्दै आएको गोर्खा कप प्रतियोगिताको स्तरमा बृद्धि हुनुका साथसाथै सिङ्गो नेपाली समुदाय बेलायतको उपस्थिति बढ्दै गएको आयोजकको भनाई छ । फुटबल त धेरैको लागि बाहना मात्र थियो । धेरैजसो दर्शकहरुलाई खेल हेर्न भन्दा पनि भेटघाट र रेष्टुरेण्टको विभिन्न स्वादमा रमाएका थिए ।

नेपाली समुदाय बेलायतले आयोजना गर्दै आएको एभेन्टहरुमध्ये गोर्खा कपलाई सबभन्दा ठूलो इभेन्टको रुपमा लिने गरिन्छ । सुरक्षा संयन्त्रलाई अत्यन्त व्यवस्थित गरिएको सो प्रतियोगितामा एम्बुलेन्स, प्रहरी, फस्ट एडर, चर्पी, कारपार्क, १० वटा खानाको स्टल, ब्रिगेड अफ गोर्खाजको ब्याण्ड डिस्प्ले, खुकुरी डान्स, नेपाली नृत्य, तेक्वान्दो र ४० वटा व्यापारिक तथा च्यारिटेवल स्टलहरु थिए ।

तमुधिं यूकेका खेलकुद सचिव क्याप्टेन पिताम्बर गुरुङको संयोजन, ले.रि. कुसाङ गुरुङ र  कुमार गुरुङको सहसंयोजनमा सम्पन्न भएको सो खेलमा तमुधिं यूकेका आजीवन सदस्य, सल्लाहकार, कार्यसमिति, ईकाई, शुभचिन्तक, आमा समूह, युवा, ब्रिगेड अफ गोर्खाज गलगायतले खेल सम्पन्न गर्नका लागि बिशेष भूमिका निभाएका थिए ।

रसमुर बरो काउन्सिलका मेयर ज्याकीको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो प्रतियोगितामा नेपाली दूतावास लण्डनका कार्यवहाक राजदूत तेजबहादुर क्षेत्री, विभिन्न संघसंस्थाका प्रतिनिधि, ब्रिगेड अफ गोर्खा, प्रायोजक, स्थानीय प्रहरी, काउन्सिल र खेलप्रेमीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

} ) ( jQuery );